सानिमा बैंक अब ललितपुरको मंगलबजार र बालकुमारीमा

Oct 11, 2021 12:51 PM Merolagani



सानिमा बैंकले (SANIMA) ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थ लाल महर्जनले एक समारोहका बीच गरे ।

C6यस्तै बालकुमारी कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यद्वारा औपचारिक रुपमा भयो ।

उद्घाटन समारोहमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११४ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

 




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।