जति सजिलोगरि व्याजदर बढाउने हल्ला बैंकहरुले गरेका छन्, त्यति सजिलै व्याजदर बढ्ने सम्भावना अहिले छैन र बढ्दैन पनि:- राष्ट्र बैंक

Oct 11, 2021 09:02 PM merolagani

सुवास निरौला

असोज मसान्त नजिकिदै छ। मसान्त नजिकिदै जादा पहिलो त्रैमासको अन्त्य पनि हुदै छ। पहिलो त्रैमासको अन्त्य पछिनै बैक बित्तीय संस्थाले कर्जाको व्याजदर पनि परिबर्तन गर्न पाउछन्। 

किनकि त्रैमास अन्त्यपछिनै बैंक बित्तीय संस्थाले व्याजदर परिवर्तन गर्न पाउने व्यवस्था छ। त्रैमासको अन्तमा कायम भएको बेस रेटको आधारमा व्याजदर परिवर्तन हुन्छ। 

सोहि कारण त्रैमासको अन्य नजिकिदै गर्दा सर्बसाधारण देखि व्यवसायी सम्मले आउने महिनादेखि कर्जाको व्याजदर परिवर्तन हुने अनुमान गरिरहेका छन्। आउने दिनमा व्याजदर परिबर्तनको प्रभावले लागत महङ्गिनेमा व्यवसायी देखि लगानीकर्ता चिन्तित छन्। यता शेयर बजार सुस्ताउदो गतिमा देखिइसकेको छ। बैंक बित्तीय संस्थाहरुले तरलता अभाव देखाएरै व्याजदर बढाउने भनेकै कारण सर्बसाधारणले कार्तिकमा थप व्याजदर बढ्ने अनुमान गरिरहेका हुन्।

बैकहरुले कात्तिकबाट व्याजदर बढाउने कुरा गर्दै गर्दा राष्ट्र बैंक भने व्याजदर नबढ्नेमा नै ढुक्क देखिएको छ। उसले व्याजदर कन्ट्रोल गर्न प्रयोग गरेका टुल्सहरुको कारणले व्याजदर नबढ्नेमा ढुक्क देखिएको जनाएको छ। “हामीले व्याजदर स्थाइत्वको धेरै व्यवस्थाहरु गरेका छौ। ती व्यवस्थाहरुलाइ सबैले नियाल्नु पर्ने हुन्छ। नियालिरहँदा एउटा मुद्दति निक्षेपको मात्रै व्याजदर कुदाएर माथि लैजाने गर्न पाइदैन। किनभने अधिकतम र न्युनतम व्याजदरको अन्तर पाँच प्रतिशत बिन्दु भन्दा बढी हुन पाउदैन। त्यसले गर्दा तल्लो रेट पनि माथि जानु पर्ने हुन्छ। व्याजदर बढाउदा ओभरअल कष्टमा इफेक्ट गर्छ। सानो परिवर्तनले बेस रेटमा म्यासिभ परिबर्तन आउने अब हुदैन। राष्ट्र बैंकले व्याजदर स्टाबिलिटिका धेरै व्यवस्थाहरु गरेको छ। जसको कारणले पनि व्याजदर दोहोरो अंकमा उक्लिदैन भन्नेमा हामी ढुक्क छौ” केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले मेरो लगानी सँग भने।

केन्द्रीय बैंकले कार्तिकबाट बेस रेटको आधारमा व्याजदर बढाउने तयारीमा रहेका बैंक बित्तीय संस्थालाई सोमबार मात्रै एक निर्देशन जारि गर्दै थप कडाइ गरिदिएको छ। कार्तिक बाट व्याजदर बढाउन खोजेकै आधारमा केन्द्रीय बैंकले बेस रेट गणना बिधिलाइ टाइट गरिदिएको जनाएको छ। जसले गर्दा पनि कार्तिक बाटै पनि व्याजदर बढाइहाल्न बैंक बित्तीय संस्थालाई सजिलो नहुने केन्द्रीय बैंकको भनाइ छ। “सोमबार मात्रै हामीले बेस रेट गणना बिधिलाइ परिवर्तन गरेका छौ। पहिले क्वाटर इन्डको बेस रेटको बेसिसमा अर्को महिनाको व्याजदर परिबर्तन हुने व्यवस्था थियो भने अहिले त्रैमासको औसत बेस रेटको आधारमा मात्र गर्न पाउने व्यवस्था गरेका छौ। यो भनेको असारको बेस रेटको आधारमा साउन, भदौ र असोजको व्याजदर तय हुन्थ्यो भने अब बैशाख जेठ, असारको एभरेज बेस रेटको आधारमा साउन, भदौ असोजको व्याजदर निर्धारण हुन्छ। त्यसले गर्दा पनि रेट स्टेबल हुन्छ” ढकालले भने।

उता बैंक बित्तीय संस्थाहरुले तरलता अभाव देखाउदै जसरी कार्तिक बाट व्याजदर बढाउने कुरा गरिरहेका छन्। त्यो गर्न बैक बित्तीय संस्थाहरुलाई सजिलो भने नरहेको राष्ट्र बैकको जिकिर छ। त्यसैले सबै सिनारियो हेरेर मात्रै बैंकहरुले निर्णय गर्नेमा केन्द्रीय बैकले ढुक्क रहेको तर्क गर्यो।  “व्याजदर कुनै एउटा प्रडक्टकको मात्रै बढाउन पाइदैन। समग्र व्याजदर बढ्दै जानु पर्छ। बेस रेटमा जुन इम्प्याक्ट पर्छ त्यो बरोअरलाई पनि दिनु पर्छ भनेका छौ। यी सबै व्यवस्थाहरुले व्याजदरलाइ स्थाइत्व प्रदान गर्छ। यसै कारणहरुले गर्दा नै बैंकहरुले ओभरअल सिनारियोलाइ एनालिसिस गरेर मात्रै आफ्नो डिसिजन गर्छन् भन्नेमा राष्ट्र बैक ढुक्क रहेको हो” ढकालले भने।

केन्द्रीय बैंकले व्याजदर नबढ्ने भनिरहदा उता बैंकहरुले भने दोहोरो अंकको व्याजदर असोजमै प्रकाशित गरिसकेको अबस्था छ। उनिहरुले प्रकाशित गरेको व्याजदरलाइ नै हेरेर व्यवसायीक क्षेत्रले योजना बनाउने देखि लिएर निर्णयनै गर्न थालि सकेको अबस्था छ। तर केन्द्रीय बैंकले भने कुनै एक प्रडक्टका दोहोरो अंकमा देखिए पनि औसतमा व्याजदर दोहोरो अंकमा उक्लिदैन भन्नेमा ढुक्क रहन आग्रह गरेको छ। “एक, एक महिनामा घटाउने बढाउने भन्ने कुरा चाहि उनिहरुको इन्डिभिज्यूल पोर्टफोलियोले, आफ्नो डिपोजिटले  गभर्न गर्ने कुरा भयो। त्यो इन्डिभिज्यूल इन्टिच्युसनको रिक्वायरमेन्टले गभर्न गर्ने कुरा भयो नी त। त्यो भन्दा माथि गयो भने मात्रै हाम्रो चिन्ताको बिषय हो। तर हामी त्यहा सम्म पुग्न नदिने प्रयास गरिरहेका छौ। त्यसलाइ मेन्टेन गर्न सबै रेटहरुलाइ क्लोजलि वाच गरिरहेका हुन्छौ। सोमबार नै पनि एक निर्देशन जारि गरेर त्यसलाइ मेन्टेन गर्ने प्रयास गरिएको छ। व्याजदर डबल डिजिटमा उक्लिन नदिन कस्ता उपाय लगाउनु पर्छ। समय अनुसर ति उपाय बेला बेलामा राष्ट्र बैंकले लगाउदै जानेमा ढुक्क भए हुन्छ” ढकालले मेरो लगानी सँग भने।

तर यसो भन्दै गर्दा दोहोरो अंकमा नै व्याजदर उक्लियो भने नी ? भन्ने मेरो लगानीको प्रश्नको उत्तर दिदै ढकाल भन्छन्  “२०४५/४६ सालदेखि राष्ट्र बैंकले व्याजदर निर्धारणको बिषयमा खुला गरिदिएको हो। बैंक वित्तीय संस्थाहरु आफ्नो व्याजदर प्रकाशित गर्न स्वतन्त्र छन्। उनिहरुको पनि बजारप्रति उत्तरदाइत्व छ। पछिल्लो केही दिनको अबस्था हेर्दाखेरि तरलतामा पनि सहजता देखिएको छ। विप्रेषण प्रबाह पनि केहि बढेको छ। सरकारले राम्रो खर्च गरिराखेको छ। यी सबै कुरालाइ हेरेर आगामी तीन देखि ६ महिना सम्म व्याजदर स्थिरता कायम हुने गरि प्रोजेक्सन गर्छन् भन्ने कुरामा राष्ट्र बैंक ढुक्क छ। उनिहरुले परिपक्वता देखाएनन् भने केन्द्रीय बैंकले आफ्नो भूमिका निर्वाह गरि हाल्छ” ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।