दम बढेपछि मोहन वैद्य नर्भिक अस्पताल भर्ना

Oct 17, 2021 03:05 PM Merolagani



नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको नर्भिक अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार जारी राखिएको छ । अस्पताल ल्याएलगत्तै उनको छातिको एक्सरे गरिएको थियो, सो क्रममा सामान्य दाग समेत देखिएको छ ।

नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकाले आइतबार बिहान उनमा देखिएको समस्या गम्भीर नरहेको समेत चिकित्सकहरुले बताएका छन् ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।