साल्ट ट्रेडिङ्गको मूल्य समायोजन

Oct 19, 2021 07:59 AM Merolagani



कात्तिक २ गते, मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) को शेयरमूल्य समायोजन भएको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो। कम्पनीको यस दिन २० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ६ हजार ५७४ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार कम्पनीको शेयर प्रतिकित्ता ७ हजार ८९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को कमाइबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १६ गते बिहान ११ बजे साधारण सभा डाकेको छ।

सभामा शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।