साल्ट ट्रेडिङ्गको मूल्य समायोजन

Oct 19, 2021 07:59 AM Merolagani



कात्तिक २ गते, मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) को शेयरमूल्य समायोजन भएको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो। कम्पनीको यस दिन २० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ६ हजार ५७४ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार कम्पनीको शेयर प्रतिकित्ता ७ हजार ८९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को कमाइबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १६ गते बिहान ११ बजे साधारण सभा डाकेको छ।

सभामा शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।