शुक्रबार ७०८ जनामा कोरोना पोजिटिभ पाइयाे, ११ जनाको ज्यान गयाे

Oct 22, 2021 04:20 PM Merolagani



शुक्रबार देशभरमा ७०८ जनामा कोरोना पोजिटिभ पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपटेड अनुसार पछिल्लो २४ घण्टामा सात हजार २५६ पीसीआर परीक्षणमा ५७४ जना र दुई हजार १२३ एन्टिजेन परीक्षणमा १३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमणका कारण सोहि अवधिमा ११ जनाको ज्यान गएको छ । यद्यपी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने भने ९३२ जना रहेका छन् । हाल देशभरमा सक्रिय संक्रमण हुने १० हजार ९४६ जना रहेको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

शुक्रबार उपत्यकामा कुल २२२ जना कोभिड १९ संक्रमित थपिएका हन् । जसमध्ये काठमाडौंका १७१ जना, ललितपुरका ३३ जना र भक्तपुरका १८ जना छन् ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।