शुक्रबार ७०८ जनामा कोरोना पोजिटिभ पाइयाे, ११ जनाको ज्यान गयाे

Oct 22, 2021 04:20 PM Merolagani



शुक्रबार देशभरमा ७०८ जनामा कोरोना पोजिटिभ पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपटेड अनुसार पछिल्लो २४ घण्टामा सात हजार २५६ पीसीआर परीक्षणमा ५७४ जना र दुई हजार १२३ एन्टिजेन परीक्षणमा १३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमणका कारण सोहि अवधिमा ११ जनाको ज्यान गएको छ । यद्यपी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने भने ९३२ जना रहेका छन् । हाल देशभरमा सक्रिय संक्रमण हुने १० हजार ९४६ जना रहेको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

शुक्रबार उपत्यकामा कुल २२२ जना कोभिड १९ संक्रमित थपिएका हन् । जसमध्ये काठमाडौंका १७१ जना, ललितपुरका ३३ जना र भक्तपुरका १८ जना छन् ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।