टाटपल्टेको सिन्टेक्स कम्पनी किन्दै मुकेश अम्बानी, समाचारसँगै सर्किटमा कारोबार

Oct 27, 2021 05:14 PM MeroLagani



रिलायन्स इन्डस्ट्रिज (आरआईएल) का मालिक भारतीय अरबपति मुकेश अम्बानीले टाट पल्टेको कम्पनीहरु किन्ने योजना बनाएका छन् । सोही अनुसार सिन्टेक्स इन्डस्ट्रिज किन्न आह्वान गरिएको टेन्डरमा अम्बानीले पनि भाग लिएका छन् । उनीसँगै १६ कम्पनीको बोलपत्र स्वीकृत भएको छ ।

खबर बाहिरिएसँगै सर्किटमा  सिन्टेक्सकाे शेयर काराेबार

अम्बानीले सिन्टेक्सको शेयर किन्ने खबर बाहिरिएसँगै यस कम्पनीको शेयर ५ प्रतिशतले अपर सर्किट लागेर ५.१२ रुपियाँमा कारोबार हुन पुगेको छ । भारतमा एक दिनमा एउटा कम्पनीको शेयर अधिकतम ५ प्रतिशतले तलमाथि हुने प्रावधान रहेको छ । सिन्टेक्सको सेयर गत साता रु ४.६२ मा बन्द भएको थियो । रिलायन्स इन्डस्ट्रीजले एसेट केयर एण्ड रिकन्स्ट्रक्सन इन्टरप्राइज (एसीआरई) सँगसँगै सिन्टेक्सका लागि टेन्डरमा भाग लिएको हो । यसबाहेक बिर्ला एसेट रिकन्स्ट्रक्सन कम्पनी (एआरसी), वेलस्पन ग्रुप र विदेशी फण्ड कारवाल इन्भेष्टर्सले पनि बोलपत्र दिएका छन् ।

गुजराती कम्पनी हाे सिन्टेक्स

सिन्टेक्स एउटा गुजरातको टाट पल्टेको कम्पनी हो। सिन्टेक्सका लागि एक्स्प्रेसन अफ इंटरेस्ट प्राप्त भएका अन्य कम्पनीहरू एडलवाइज अल्टरनेटिभ एसेट, प्रुडेन्ट एआरसी, ट्राइडेन्ट, बेंगलुरुमा रहेको हिमकसिंका भेन्चर्स, पञ्जाबमा रहेको लोटस होम टेक्सटाइल्स, इन्डोकाउन्ट, नितिन स्पिनर्स र अन्य हुन्।

गुजरातमा आधारित सिन्टेक्स लिमिटेडलाई गत अप्रिलमा दिवालियाको प्रक्रियामा लगिएको थियोे। नेशनल कम्पनी ल ट्रिब्युनलको अहमदाबाद बेन्चले यसलाई दिवालियापनको लागि खुला गरेको थियो। सिन्टेक्सले इन्भेस्को एसेट म्यानेजमेन्टलाई १५.४ करोड रुपैयाँ ब्याज तिर्न असफल भएको थियो । यो ब्याज सिन्टेक्सलाई सन् २०१९ को सेप्टेम्बरमा आफ्नो बण्डमा भएको लगानीमा तिर्नुपर्ने थियो।

धेरै बैंककाे ऋण छ सिन्टेक्समा

सिन्टेक्सलाई ऋण दिने बैंकहरू एचडीएफसी बैंंक, एक्सिस बैंक, रिजर्भ बैंक अफ इन्डिया (आरबीआई), आदित्य बिर्ला फाइनान्स, इन्डुसइन्ड बैंक, एलआईसी÷स्टेट बैंक अफ इन्डिया–एसबीआईु आदि हुन । पञ्जाब नेशनल बैंक (पीएनबी), पञ्जाब एन्ड सिन्ध बैंक र कर्नाटक बैंकले सिन्टेक्सको खातालाई फ्रड घोषणा गरेको छ । यस वर्षको सुरुमा वेलस्पन समूहले १,९५० करोड रुपैयाँको प्रस्ताव राखेर मामिला मिलाउने प्रयास गरेको थियो तर दुई ठूला बैंकका कारण यो अफर असफल भयो किनभने ती बैंकहरूले १,९५० करोडको सम्झौता निकै कम भएको दाबी गरेका थिए।

विश्वका नामी फेसन ब्रान्डको सप्लायर

सिन्टेक्स इन्डस्ट्रिजले अरमानी, ह्युगो बोस, डिजेल र थप जस्ता विश्वव्यापी फेसन ब्रान्डहरूलाई सामान आपूर्ति गर्दछ। रिलायन्स इन्डस्ट्रीजले यस्तो एक्विजिसन नगरे पनि सिन्टेक्सका लागि बाजी लगाएको छ । यसअघि आलोक इन्डस्ट्रिजका लागि मात्रै बोलपत्र थियो । यसमा यसले जेएम फाइनान्सियलसँग साझेदारी गरेको छ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।