२४ घण्टामा ६७२ जनामा कोभिड १९ पुष्टि, ८ जनाको निधन

Oct 27, 2021 06:03 PM Merolagani



२४ घण्टामा ६७२ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार बुधबार सात हजार १६७ पीसीआर परीक्षणमा ५८२ जनामा र दुई हजार ३२८ एन्टिजेन परीक्षणमध्ये ९० जनामा संक्रमण पाइएको हो ।

मन्त्रालायको अपडेटमा लेखिए अनुसार यसै अवधिमा ८ जनाको काेराेना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार देशभरमा ४९५ जनाले संक्रमण जितेका छन् । हालसम्म नेपालमा कुल ९ लाख ५ हजार १८५ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये सात लाख ८९ हजार १२५ जनाले कोरोना जितेका छन् भने ११ हजार ३८० जनाले ज्यान गुमाएका छन् ।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा १३७ जना रहेको मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरमा ५० जना र भक्तपुरमा १५ जनामा कोभिड १९ देखिएको छ ।अहिले देशमा कुल सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।