नाडेप लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस कति?

Oct 28, 2021 10:15 AM Merolagani



नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक १० गते बसेको लघुवित्तको सञ्चालक समितिले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ। २० प्रतिशतका दरले ८ करोड ९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ पुग्नेछ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।