नाडेप लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस कति?

Oct 28, 2021 10:15 AM Merolagani



नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक १० गते बसेको लघुवित्तको सञ्चालक समितिले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ। २० प्रतिशतका दरले ८ करोड ९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ पुग्नेछ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।