मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, ८ लाख १९ हजार आवेदकले पाए १० कित्ता

Oct 29, 2021 09:22 AM Merolagani



कात्तिक १२ गते शुक्रबार, मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।

कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएका छन् भने बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।