नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य समायोजन

Nov 01, 2021 10:19 AM Merolagani



कात्तिक १५ गते सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बङ्गलादेश बैंक (NBB) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

यस दिन बैंकको १२ प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजपश्चात बैंकको शेयरमूल्य ३८० रुपैयाँ १८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार बैंकको शेयर प्रतिकित्ता ४२५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो।

बैंकले मंसिर २ गते बिहीबार आफ्नो रजिष्टर्ड कार्यालय, कमलादीमा सत्ताइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे अनलाइनको माध्यमबाट सञ्चालन गरिनेछ भने निर्वाचन भौतिक रुपमा सञ्चालन गरिनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र लाभांश प्रयोजनार्थ बुकक्लोज सहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।