प्रि ओपन सेसन अपडेटः करिब साढे ५ अंक बढ्यो नेप्से

Nov 16, 2021 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २६.४४ अंक बढेर २७१५.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.२४ अंक बढेर २७२०.५९ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.३२ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १२ कम्पनीको ३७ लाख ८२ हजार ७५० रुपैयाँ ५० पैसा बराबरको ३ हजार ४११ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।