पञ्चकन्या माई हाइड्रोपावरको नाफा ११२ प्रतिशतले बढ्यो

Nov 16, 2021 01:26 PM Merolagani



पञ्चकन्या माई हाइड्रोपावर (PMHPL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११२ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १६ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत वर्षको तुलनामा ११२.२५ प्रतिशतले धेरै हो।

कम्पनीको विद्युतट बिक्रीबाट हुने आम्दानी बढ्दा उसको नाफा बढेको हो। उसको दुई आयोजनाबाट विद्युत बिक्रीमार्फत हुने आम्दानी २५ प्रतिशत र २ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट साढे १५ करोड रुपैयाँ आम्दानी गरेको छ। उसको सञ्चालन आम्दानी पनि १६ प्रतिशतले बढेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २६ पैसाले बढेर २३ रुपैयाँ १९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ २९ पैसा छ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।