बढेको ब्याजदरलाई उल्टो रेस्पोन्स,डिभिडेन्ड यील्ड वा इन्ट्रेस्ट कुन फाइदा ? शेयर बजारको डाइमन्सन चेन्ज भएको हो ?

Nov 16, 2021 03:39 PM merolagani



सुवास निरौला  

तिहारपछि खुलेको शेयर बजार लगातार तीन दिन घट्यो। तीन दिनमा बजार ९८.९९ अंक घट्यो। तिहार बिदा भन्दा अघि २८४८.८४ अंकमा रहेको सूचक तिहारपछि तीन दिन लगातार ओर्लँदा  २७४९.८५ अंकसम्म खुम्चियो

बजार ओर्लनुको मुख्य कारण नजिकिँदै गरेको मसान्त थियो। किनकि नयाँ महिना नजिकिँदै गर्दा बैंकहरुले तय गर्ने नयाँ ब्याजदरमा धेरैजसो लगानीकर्ताको चासो थियाे। थप ब्याजदर बढ्ने आँकलन गर्दै लगानीकर्ताले कारोबार घटाउँदा सूचक र बजार दुवै प्रभावित हुन पुगे। तर मसान्तको पूर्व सन्ध्यामै केन्द्रीय बैंकले ब्याजदर गणनामा नयाँ नीति अघि सारेपछि बजार सुधारोन्मुख देखिन थालेको छ। केन्द्रीय बैंकको नयाँ नीति आउने सूचना चुहिएकै कारण बजार तीन दिनपछि नै सम्हालिन थालेको थियो। जसले मंगलबार थप निरन्तरता पायो। बजार ६९.२२ अंकले बढेर २७८४.५८ अंकमा उक्लिएको छ।

मंगलबार सबैजसो बैंक वित्तीय संस्थाले मंसिरको लागि नयाँ ब्याजदर तोकेका छन्। सबैजसो वाणिज्य बैकले ब्याजदर दोहोरो अंकमा पुर्‍याएका छन्। वाणिज्य बैंकले अधिकतम ब्याजदर १०.०५ प्रतिशत पुर्‍याएका छन्।

हेर्नुस् कुन बैंकले कति पुर्‍याए ब्याजदर

 

ब्याजदर दोहोरो अंकमा पुगेको छ। तर बढेको ब्याजदरलाई शेयर बजारले भने उल्टो प्रतिक्रिया दिएको छ। नेपाली बजारमा अहिलेसम्म ब्याजदर बढ्दै गर्दा शेयर बजारले जहिले पनि घट्दो लय समातेका प्रशस्त उदाहरण छन्। तर यस पटक भने बजारले  क्रमभङ्ग गर्दै ब्याजदर बढ्दा समेत सूचक बढ्दो लयमा देखिएको छ। लामो समयदेखि शेयर बजारमा कारोबार गर्दै आएका पुराना लगानीकर्ता शेयर बजारको उल्टो प्रतिक्रियालाई देखेर आश्चर्यमा परेका छन्। “मैलो यत्रो वर्ष शेयर बजारमा बिताएँ। ब्याजदर दोहोरो अंकमा उक्लिदा शेयर बजार बढेको भने पहिलो पटक देख्दै छु” शेयर बजारका पुराना लगानीकर्ता ध्रुव थापाले मेरो लगानीसँग भने।

संस्थागत लगानीकर्ता र व्यक्तिगतमा पुराना लगानीकर्ता ब्याजदर बढ्दा शेयर बजार घट्नेमा बढी विश्वास गर्ने गर्छन्। किनकि नेपालको शेयर बजारको इतिहासले पनि त्यही कुरा देखाउँदै आएको छ। जसलाई उनीहरूले पछ्याउँदै आइरहेका थिए। इतिहास दोहोरिने कुरामा बढी विश्वास गरिन्छ। प्राय: प्राविधिक विश्लेषणमा पुरानै तथ्याङ्क हेरेर आगामी दिनको प्रेडिक्सन गर्ने गरिन्छ। जसको लागि कारोबारको पुरानो ट्रेन्डचार्टलाइ प्रेडिक्सनको आधार बनाइन्छ। तर यस पटक भने शेयर बजारले नयाँ इतिहास कोर्दै छ। “बजारले डाइमन्सन चेन्ज गरेको रुपमा यसलाई लिएको छु। अब पुरानो तरिकाले बजारमा सोच्नु बिलकुल गलत हुने मेरो बुझाइ छ” थापाले थपे।

जसरी कन्फिडेन्सका साथ बजारको डाइमन्सन चेन्ज हुँदै गएकाे थापाले भनेका छन्। त्यसलाई लगानीकर्ताको व्यवहारले पनि साथ दिएकाे छ।  यति बेला सामान्यतया बचतको व्याज समेत सात प्रतिशत पुगेको छ। तर, कम्पनी मार्फत लगानीकर्ताले प्राप्त गरेको डिभिडेन्ड यील्ड भने निक्कै कम छ।

हेर्नुस् वाणिज्य बैंकको डिभिडेन्ड यील्ड

चालु वर्षको औसत डिभिडेन्ड यील्ड औसत साढे तीन प्रतिशत छ। भन्नुको अर्थ हो एक सय रुपैयाँ लगानी गर्दा आउने प्रतिफल साढे तीन प्रतिशत हो। तर त्यही एक सय रुपैयाँ बचतमा राख्दा कम्तीमा पनि सात प्रतिशत व्याज आउँछ। यही हिसाब शेयर बजारमा गरिँदै आएको थियो। तर यस पटक भने लगानीकर्ताले उक्त हिसाबलाई पाखा लगाउँदै शेयर बजारकै लगानीलाई प्राथमिकतामा राख्न थालेका छन्। “बढ्दो ब्याजदरमा पनि शेयर बजारले बढ्दो लय समात्नु भनेको लगानीकर्ताले पहिलेको हिसाब हेर्न छोडे। उनीहरूले शेयर बजारलाई नै बढी प्राथमिकता दिँदै छन् भन्ने नै हो”थापाले भने। 




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।