बरुण हाइड्रोपावरको नाफामा आकर्षक बृद्धि, प्रतिशेयर आम्दानी कति?

Nov 17, 2021 12:38 PM Merolagani



बरुण हाइड्रोपावर कम्पनी (BARUN) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आकर्षक नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ९९ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ।

कम्पनीको विद्युत बिक्रीमार्फत हुने आम्दानी बढ्दा उसको खुद नाफा बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८९ लाख ९० हजार रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा बिद्युत बिक्री गरेर ३ करोड २४ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ।

हाल २६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ५९ पैसा छ। विवरण अनुसार उसको मूल्य आम्दानी अनुपात २५.०४ गुणा छ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।