बरुण हाइड्रोपावरको नाफामा आकर्षक बृद्धि, प्रतिशेयर आम्दानी कति?

Nov 17, 2021 12:38 PM Merolagani



बरुण हाइड्रोपावर कम्पनी (BARUN) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आकर्षक नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ९९ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ।

कम्पनीको विद्युत बिक्रीमार्फत हुने आम्दानी बढ्दा उसको खुद नाफा बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८९ लाख ९० हजार रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा बिद्युत बिक्री गरेर ३ करोड २४ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ।

हाल २६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ५९ पैसा छ। विवरण अनुसार उसको मूल्य आम्दानी अनुपात २५.०४ गुणा छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।