मध्य भोटेकोशीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल

Nov 19, 2021 12:19 PM Merolagani



मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरे ।

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड रुपैयाँ तथा जारी पुँजी ६ अर्ब रुपैयाँ रहेको छ । सर्वसाधारण समुहतर्फ छुट्टयाइएको ४९ प्रतिशत शेयरमध्ये कर्मचारी संचय कोषमा रकम संचय गर्ने संचयकर्ता कर्मचारीहरु, संस्थापक शेयरधनी संस्थाहरु क्रमशः चिलिमे जलविद्युत कम्पनी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर लिमिटेड, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेड तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेड र ऋणदाता संस्था कर्मचारी संचय कोषका कर्मचारीहरुलाई प्रथम चरणमा २४ प्रतिशत शेयर यस अघि नै निष्कासन गरी २०७५ पुस ५ गतेमा बाँडफाँट गरिसकिएको छ ।

बाँकी २५ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको शेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँट समेत गरिसकिएको छ ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।