इन्फिनिटी लघुवित्तको लाभांश घोषणा

Nov 21, 2021 10:20 AM Merolagani



इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) ले गत आर्थिक वर्षसम्मको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४६ प्रतिशत नगद लाभांश गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड ४६ लाख ३ हजार ४७२ रुपैयाँ रहेको छ। २७.७० प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४१ करोड ४५ लाख १८ हजार ६३३ रुपैयाँ ७४ पैसा पुग्नेछ।