प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक बढ्यो नेप्से

Nov 22, 2021 10:51 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ११.६० अंक घटेर २७५७.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४६ अंक बढेर २७५८.९९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२४ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १२ कम्पनीको १४ लाख ६ हजार ७६० रुपैयाँ २० पैसा बराबरको ४ हजार १४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।