एलआईसी लाइफको बोनस दर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने

Nov 22, 2021 12:03 PM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन (LICN) नेपालले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमाङ्कीय मूल्यांकनको आधारमा मुनाफामा समित हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमाङ्क रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमा, जीवन विद्या, जीवन साथी बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५४ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

यस्तै जीवन आनन्द र बाल सवाधिक बीमा योजनामा न्युनतम ५५ रुपैयाँ देखि ७० रुपैयाँ बोनस पाउनेछन् ।

धनवृष्टि बीमा योजनामा ५५ रुपैयाँ, धन फिर्ता, बीमा योजनामा न्युनतम ५६ रुपैयाँ देखि ६० रुपैयाँ सम्म, बाल ममता र बाल स्नेह बीमा योजनामा ५५ रुपैयाँ देखि ६० रुपैयाँ बोनस पाउनेछन् ।

यस्तै जीवन तंरग बीमा योजनामा न्युनतम ५६ रुपैयाँ देखि ६७ रुपैयाँ र जीवन बचत बीमा योजनामा ४५ रुपैयाँ देखि ६६ रुपैयाँ सम्म बोनस शेयर पाउनेछन् ।

उल्लेख्खित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

 

 

 




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।