नेप्से ओरालो लागेपनि कारोबार रकममा सामान्य सुधार

Nov 23, 2021 03:18 PM Merolagani



मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार करिब ८ अंक बढेर बन्द भएको नेप्से, यस दिन ३२.२९ अंक घटेर २७३३.१४ विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक घटेको छ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा कमको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ कम्पनीको ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको ७४ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से सूचक घटेपनि यस दिन मानुषी लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १८० रुपैयाँ ९० पैसा बढेर १ हजार ९९० रुपैयाँ १० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल दूरसञ्चार कम्पनी र गणपति माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन आईसीएफसी फाइनान्स, एनआईबिएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावर, महालक्ष्मी विकास बैंक र अपि पावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने अन्य उपसमूहको परिसूचक ०.९४ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।