नेपाल एसबिआई बैंकको लाभांश घोषणा

Nov 24, 2021 10:09 AM Merolagani



नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३.५० प्रतिशत बोनस शेयर तथा १.८१ प्रतिशत नगद लाभांश रहेको छ।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८८७ रुपैयाँ रहेको छ। ३.५० प्रतिशतका दरले बानेस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँ पुग्नेछ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।