खरिदकर्ता र बिक्रीकर्ताको चर्को बार्गेनिङको बीच सामान्य अंक बढ्यो नेप्से, कारोबार रकममा पनि सामान्य सुधार

Nov 24, 2021 03:31 PM Merolagani



बुधबार नेप्से सूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन खरिदकर्ता र बिक्रीकर्ताको चर्को बार्गेनिङ्गका बीच नेप्से सूचक सामान्य अंकले बढेर बन्द भएको हो।

बुधबारको बजारमा बिक्रीकर्ता सस्तो मूल्यमा शेयर बेच्न चाहिरहेका थिएनन् भने खरिदकर्ता पनि महंगो मूल्य हाल्न तयार थिएनन्। यसैकारण बजार पटकपटक नकारात्मक हुँदै पुनः सकारात्मक भएको थियो।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा यसै साता गर्ने तयारी गरेको छ। यसै कारण पनि कतिपय लगानीकर्ताहरु 'पर्ख र हेर' को अवस्थामा देखिन्छन्। उनीहरु केन्द्रीय बैंकको नीति हेरेर मात्रै बजार प्रवेश गर्ने तयारीमा छन्।

बुधबारको बजारमा नेप्से सूचक १.८२ अंकले बढेर २७३४.९३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक भने सामान्य अंक घटेको छ।

यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। मंगलबार ४ अर्ब १६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ४ अर्ब २१ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन २२७ वटा कम्पनीको ७४ करोड ४५ लाख २२७ कित्ता शेयर ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँमा खरिद बिक्री भएको छ।

 

बुधबार मैलुङ खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.४७ प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको ६.६५ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ६ प्रतिशत र जोशी हाइड्रोको ४.८५ प्रतिशतले बढेको छ।

यता गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै २.५५ प्रतिशतले घटेको छ भने उन्नति सहकार्य लघुवित्तको २.२३ प्रतिशत, तेह्रथुम पावरको २.२१ प्रतिशत र एनआइसी एशिया लघुवित्तको २.१३ प्रतिशतले घटेको छ।

 

बुधबार नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै २६ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने आइसीएफसी फाइनान्सको १८ करोड ६७ लाख रुपैयाँ, अपि पावरको १७ करोड रुपैयाँ र नेश्नल हाइड्रोपावरको १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ३ उपसमूहको सूचक नकारात्मक देखिएको छ। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै १.४१ प्रतिशतले बढेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।