कालिका लघुवित्तको बाेनस घोषणा

Nov 25, 2021 10:36 AM Merolagani



कालिका लघुवित्त (KMCDB) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

हाल २७ करोड ६८ लाख  ८० हजार ८९५ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनश वितरणपश्चात चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार ४११ रुपैयाँ पुग्नेछ। 




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।