कालिका लघुवित्तको बाेनस घोषणा

Nov 25, 2021 10:36 AM Merolagani



कालिका लघुवित्त (KMCDB) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

हाल २७ करोड ६८ लाख  ८० हजार ८९५ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनश वितरणपश्चात चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार ४११ रुपैयाँ पुग्नेछ। 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।