विद्युत ग्रीड आधुनिकीकरण परियोजनाका लागि एडिबिले दिने भयो थप सात अर्ब ऋण,सम्झौता शुक्रबार हुने

Nov 25, 2021 04:51 PM merolagani



एसियाली विकाष बैक(एडिबिले) सात अर्ब आठ करोड रुपैयाँ थप ऋण सहयोग गर्ने भएको छ। विद्युत ग्रिड आधुनिकीकरण परियोजना (इजिएमपि)को कार्यान्वयनका लागि ६० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको अर्थ मन्त्रालयले जानएको छ।

थप ऋण सहयोग सम्बन्धमा शुक्रबार हस्ताक्षर हुने छ। अर्थ मन्त्रालयका अनुसार शुक्रबार बिहान ११ बजे हस्ताक्षर कार्यक्रम राखिएको छ। कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनिले नेपाल सरकारको तर्फबाट र  अर्नाउड काचोइसले एसियाली विकास बैंक नेपाल नियोगको तर्फबाट हस्ताक्षर आदान प्रदान गर्ने छन्।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र काचोइसले समेत हस्ताक्षर गर्ने बताइएको छ। उक्त सहयोगले नेपालको बिद्युत प्रणलीको आधुनिकीकरणमा थप सहयोग पुग्ने अर्थ मन्त्रालयको भनाई छ।  

 

 

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।