विद्युत ग्रीड आधुनिकीकरण परियोजनाका लागि एडिबिले दिने भयो थप सात अर्ब ऋण,सम्झौता शुक्रबार हुने

Nov 25, 2021 04:51 PM merolagani



एसियाली विकाष बैक(एडिबिले) सात अर्ब आठ करोड रुपैयाँ थप ऋण सहयोग गर्ने भएको छ। विद्युत ग्रिड आधुनिकीकरण परियोजना (इजिएमपि)को कार्यान्वयनका लागि ६० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको अर्थ मन्त्रालयले जानएको छ।

थप ऋण सहयोग सम्बन्धमा शुक्रबार हस्ताक्षर हुने छ। अर्थ मन्त्रालयका अनुसार शुक्रबार बिहान ११ बजे हस्ताक्षर कार्यक्रम राखिएको छ। कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनिले नेपाल सरकारको तर्फबाट र  अर्नाउड काचोइसले एसियाली विकास बैंक नेपाल नियोगको तर्फबाट हस्ताक्षर आदान प्रदान गर्ने छन्।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र काचोइसले समेत हस्ताक्षर गर्ने बताइएको छ। उक्त सहयोगले नेपालको बिद्युत प्रणलीको आधुनिकीकरणमा थप सहयोग पुग्ने अर्थ मन्त्रालयको भनाई छ।  

 

 

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।