बिहीबार देशभरमा ३०८ जना कोरोना संक्रमित थपिए, तीन जनाको निधन

Nov 25, 2021 05:29 PM Merolagani



बिहीबार देशभरमा ३०८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भएको सात हजार १०४ पीसीआर परीक्षणमध्ये २८१ जनामा र एक हजार ८०५ एन्टिजेन परीक्षणमध्ये २७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७८ जना, ललितपुरका ३६ जना र भक्तपुरका १६ जना रहेका छन् । यसरी आज उपत्यकामा कुल १३० जनामा कोरोना संक्रमण पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार बिहीबार संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ । सोहि अवधिमा कोभिड १९ का कारण तीन जनाको निधन भएको छ । हाल नेपालमा सात हजार ३४९ जना सक्रिय संक्रमित छन् ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।