बिहीबार देशभरमा ३०८ जना कोरोना संक्रमित थपिए, तीन जनाको निधन

Nov 25, 2021 05:29 PM Merolagani



बिहीबार देशभरमा ३०८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भएको सात हजार १०४ पीसीआर परीक्षणमध्ये २८१ जनामा र एक हजार ८०५ एन्टिजेन परीक्षणमध्ये २७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७८ जना, ललितपुरका ३६ जना र भक्तपुरका १६ जना रहेका छन् । यसरी आज उपत्यकामा कुल १३० जनामा कोरोना संक्रमण पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार बिहीबार संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ । सोहि अवधिमा कोभिड १९ का कारण तीन जनाको निधन भएको छ । हाल नेपालमा सात हजार ३४९ जना सक्रिय संक्रमित छन् ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।