शत प्रतिशत पुनर्बीमा स्वदेशी कम्पनीमा गर्न बीमा समितिको निर्देशन

Nov 25, 2021 10:52 PM Merolagani



बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई शत प्रतिशत पुनर्बीमा स्वदेशी पुर्नबीमा कम्पनीमा गर्न निर्देशन दिएको छ ।

बिहीबार इजाजत प्राप्त जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।

त्यस अनुसार नेपाली पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेको अवस्थामा मात्रै बीमा कम्पनीहरुले विदेशी पुनर्बीमा कम्पनीहरुलाई व्यवसाय दिन पाउनेछन् ।

हाल जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीमा २० प्रतिशत अनिवर्या पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ ।

नीजि क्षेत्रको स्वामित्व रहेको हिमालयन रि सञ्चालनमा आएपछि समितिले यस्तो निर्देशन दिएको हो ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।