८० अंक घटेर बजारले मौद्रिक नीतिको समीक्षाकाे जवाफ दियाे, बिक्रीकर्ताको चाप पनि उस्तै

Nov 28, 2021 03:43 PM Merolagani



नेपाल राष्ट्र बैंकले मार्जिन कर्जा सम्बन्धी व्यवस्थामा संशोधन नगरेपछि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत लगानीकर्ताहरुको माग सम्बोधन नभएपछि नेप्से सूचकमा उच्च अंकको गिरावट देखिएको हो ।

शेयर बजारका लगानीकर्ताहरुले मार्जिन कर्जाको सीमा संशोधन हुने अपेक्षा गरेका थिए । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा मार्जिन कर्जा लगायतको मागहरु संबोधन नभएपछि नेप्से सूचक उच्च अंकले घटेको छ ।

यस दिन नेप्से परिसूचक ८०.२९ अंक घटेर २६५१.४९ विन्दुमा बन्द भएको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १४.१९ अंक, फ्लोट इण्डेक्स ५.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक घटेको छ ।

यस दिन २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच भएर ५ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको थियो ।

नेप्से घटेपनि यस दिन आईसीएफसी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । फाइनान्सको शेयरमूल्य ९.८७ प्रतिशत बढेर ९३२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै सामलिङ्ग पावर कम्पनीको शेयर पनि ८.२१ प्रतिशतले बढेको छ ।

 

हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सर्वाधिक ८.४९ प्रतिशत घटेको छ । त्यसैगरी, मानुषी लघुवित्त, प्राइम लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, जोशी हाइड्रोपावर लगायतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ।

आइतबार कारोबारमा आएका १३ वटै उपसमुहको सूचक ओरालो लागेको छ । यस दिन व्यापार उपसमुहको परिसूचक सर्वाधिक ५.३७ प्रतिशतले घटेको छ । यस्तै विकास बैंकको पनि ५.११ प्रतिशतले घटेको छ ।

यसैगरी होटल तथा पर्यटन र हाइड्रोपावर उपसमुहको सूचक पनि ४ प्रतिशत भन्दा धेरैले ओरालो लागेका छन् ।

कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । यस दिन बैंकको २९ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस्तै नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ४८ लाख रुपैयाँ र नेशनल हाइड्रोपावरको पनि २२ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।