कस्तो छ नेपाली बजारमा हालै भित्रिएको चांगन चिनियाँ गाडी ?

Dec 04, 2021 01:11 PM merolagani

चांगन अटोले आफ्नो प्रिमियम सेडान ‘एल्सभिन’ सार्वजनिक गरेको छ।चांगनको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु रहेको छ। कम्पनीले ४२ लाखमा नयाँ सेडान सार्वजनिक गरेको हो। नेपाली बजारको लागि यो चांगनको पहिलो गाडी हुनेछ।

एमएडब्ल्युका अध्यक्ष विष्णु अग्रवालले नयाँ एल्सभीन नेपाली अटो क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने क्षमता भएको ब्रान्डको गाडी बताएका छन्। कम्पनीले गाडीको बिक्रीसँगै त्यसपछिको सेवामा समेत ध्यान पुर्याउने बताएको छ।

कम्पनीका अनुसार उपभोक्ताले एल्सभीनबाट विलासिता,आराम र कार्यक्षमताको मिश्रण पाउने छन्। एल्सभीनमा १.४ लिटर ब्लुकोर इन्जिन, ६–स्पिड म्यानुअल ट्रान्समिसन र १,३७० सिसीको इन्जिन जडित छ। ब्लुकोर इन्जिनले ९९ बिएचपी पावर र १३५ एनएम टर्क जेनेरेट गर्छ। जसले अधिकतम कार्यसम्पादन र इन्धनको इकोनोमी प्रदान गर्दछ।

गाडीमा २,५३५ एमएम ह्विलबेस र १६५ एमएम ग्राउन्ड क्लेरेन्स छ। यसमा १५ इन्चको अलोय ह्विल छन्। एल्सभीनमा ४ सिलिन्डरहरू छन् र यसमा ३९० लिटरको डिकी स्पेस छ। त्यस्तै गाडीमा ७ इन्च इन्फोटेनमेन्ट टचस्क्रिन पाउन सकिन्छ।

आरामदायी यो गाडी सुरक्षाको हिसावमा समेत गाडी निकै सुरक्षित भएको कम्पनीले दाबी गरेको छ। यसो स्टेयरिङको उचाई समायोजन गर्न सकिन्छ। ग्राहकलाई गाडी भित्र पस्दा वा बाहिर निस्कँदा कुनै अप्ठ्यारो हुँदैन। यो सेडानमा एन्टिलक ब्रेकिङ सिस्टम र फ्रन्टल डुअल एयरब्याग छन्। यसमा प्रोक्सिमिटी अलार्म सहितको पार्किङ सेन्सर र रियरभ्यू क्यामेरा पनि छ।

चांगनको यो नयाँ गाडीको आन्तरिक डिजाइनङ र बाहिरी डिजाइन पनि निकै आकर्षक छ। यसमा भएको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरले उत्कृष्ट ड्राइभिङ सहायता प्रदान गर्छ। त्यस्तै गाडीको अगाडि भागमा भएको सिग्नेचर बटरफ्लाई ग्रीलले सडकमा जो कोहीको ध्यान तान्छ। यसमा जडित प्रोजेक्टर हेडल्याम्पले रात्रीकालिन समयमा पनि गाडी चलाउन सहज हुन्छ। गाडीमा डिआरएल पनि छ।

चांगन अटो चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड हो। यसले नेपालमा समेत राम्रो प्रतिक्रिया बटुल्नेमा कम्पनी सकारात्मक छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।