रिलायन्स लाइफको साधारण सभा आव्हान

Dec 05, 2021 11:32 AM Merolagani

रिलायन्स लाइफ इन्स्योरेन्स (RLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

इन्स्योरेन्सले पुस ११ गते अनमोल बैंक्वेट, शंखमुलमा चौथो वार्षिक साधारण सभा बोलाएको हो। सो सभा अनलाइन माध्यमबाट बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको नियमावलीमा प्रस्तावमा भए बमोजिम आवश्यक संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले मंसिर २६ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

comments powered by Disqus