रोकिएका आइपिओ स्वीकृत गर्ने तयारीमा धितोपत्र बोर्ड

Dec 05, 2021 02:53 PM merolagani



लामो समयदेखि रोकिएका प्राथमिक निष्काशन प्रक्रिया पुन: अघि बढाइने भएको छ। नेपाल धितोपत्र बोर्डले रोकिएका प्राथमिक निष्काशनलाई अघि बढाउने भएको हो।

बोर्ड अध्यक्षबिहीन भएका कारण लामो समयदेखि आइपिओ निष्कासन प्रक्रिया अबरुद्ध छ। तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना निलम्बन भए यता एउटा पनि आइपिओ स्वीकृत भएका छैनन्।

निष्कासन प्रक्रियानै अवरुद्ध भएपछि बोर्ड संचालकले बिस्तारै उक्त प्रक्रिया अघि बढाउन व्यवस्थापनलाई निर्देशन दिएको छ। सोही निर्देशन बमोजिम प्रक्रिया अघि बढाउन लागिएको बोर्डका कार्यकारी निर्देशक नीरज गिरिले बताए। “बिस्तारै हामी आइपिओ स्वीकृति दिने प्रक्रिया अघि बढाउदै छौ” गिरिले भने।

गिरिका अनुसार संचालक बोर्डले बिस्तारै आइपिओका फाइलहरु ल्याउन निर्देशन दिएको छ। उसले दिएको निर्देशन बमोजिम बोर्ड व्यवस्थापनले प्रक्रिया पुगेका कम्पनीहरुको फाइल अघि बढाउने छ। आउने बैठकमा प्रकृया पुगेका केही कम्पनीको स्वीकृतिको लागि संचालक बोर्डमा लगिने छ। यस अघि बोर्ड अध्यक्ष नियुक्ति नभएसम्म संचालक बोर्डले आइपिओ स्वीकृत नगर्ने संकेत गरेको थियो। तर अध्यक्ष नियुक्ति प्रक्रिया नै ढिलो हुँदै गएपछि संचालक बोर्डले स्वीकृतिको लागि थोरै लचकता अपनाउने संकेत गरेको छ। सोही कारण प्रक्रिया अघि बढ्न लागेको हो।

प्राथमिक शेयर निष्कासन गर्न भन्दै बोर्डमा २५ कम्पनीको निवेदन परेका छन्। ६ अर्ब ८० करोड रुपैयाँ बराबरका ६ करोड १३ लाख कित्ता शेयर निष्काशनको लागि पाइप लाइनमा छन्।  




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।