कात्तिक महिनामा बजारसँगै बढ्याे म्युचुअल फण्डको शेयर लगानीको भ्यालु, कुन फण्डको एनएभि कति कायम?

Dec 06, 2021 02:34 PM Merolagani

कात्तिक महिनामा शेयर बजारमा वृद्धि आएपछि म्युचुअल फण्डहरुले दोस्रो बजारमा शेयरमा गरेको लगानीको भ्यालु बढेको छ। हालसम्म सञ्चालनमा आएका २७ वटा फण्डहरुले सार्वजनिक गरेको मासिक वित्तिय विवरण अनुसार कात्तिक महिनाको तुलनामा फण्डहरुको शेयर भ्यालु बढेको देखिएको हो।

फण्डहरुको प्रमुख लगानीको क्षेत्र शेयर बजार नै हो। अधिकांश लगानी शेयर बजारमा परिचालन गरेका हुन्छन्। जसकारण बजारमा हुने सानो उतारचढावले पनि फण्डहरुको शेयर भ्यालु प्रभावित भएको हुन्छ। शेयर बजारको सूचकमा आएको उतारचढाव अनुसार नै फण्डहरुको नाफा नोक्सान निर्धारित हुने गरेको देखिन्छ।

कात्तिक महिनामा मात्रै नेप्से सूचक १२७.६२ अंकको वृद्धि भएको छ। जसकारण पनि सूचीकृत फण्डहरुको शेयर भ्यालु र खुद सम्पति मूल्य (एनएभि) बढेको हो। पछिल्लो एक महिनामा बजार बढ्दा फण्डहरुको भ्यालु मात्र नभई बैंक मौज्दात तथा मुद्दति निक्षेप समेत बढेको छ।

बजारसँगै फण्डहरुको एनएभि बढ्यो

असोज महिनाको तुलनामा कात्तिकमा म्युचुअल फण्डहरुको खुद सम्पति मूल्य (एनएभि) मा वृद्धि भएको छ। दोस्रो बजारमा सूचीकृत २७ फण्डहरु विवरण अनुसार एनएभि सामान्य बढेको देखिएको हो। कात्तिक महिनामा म्युचुअल फण्डहरुको एनएभि औषत ०.२५ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक भएको छ।

कात्तिकमा महिना सबै फण्डहरुको एनएभि बढेको छ। जसमध्येमा ग्लोबल समुन्नत फण्डको एनएभि सबैभन्दा धेरै १.६५ रुपैयाँले बढेको छ भने एनआईबिएल प्रगति फण्डको सबैभन्दा थोरै ०.०३ पैसाले बढेको छ।

यस महिना सबै फण्डको एनएभिमा बढोत्तरी भएको भएता पनि दुइ फण्डकाे एनएभि मूल्य आधार (१० रुपैयाँं) मूल्य भन्दा कम मूल्य कायम भएको छ। समीक्षा अवधिमा एनआईबिएल समृद्धि फण्ड —२ को प्रतिइकाई ९.९३ रुपैयाँ र आरबिबि म्युचुअल फण्डको ९.८५ पैसा कायम भएको हो।

शेयर लगानीको भ्यालु बढ्यो
कात्तिक महिनामा म्युचुअल फण्डहरुले सूचीकृत कम्पनीहरुको शेयरमा गरेको लगानीको भ्यालु बढेको छ। एक महिनामा म्युचुअल फण्डहरुले सूचीकृत कम्पनीहरुको शेयरमा गरेको लगानीको भ्यालु औषत ३.४९ प्रतिशत प्रतिशतले बढेको छ।

यस अवधिमा म्युचुअल फण्डहरुले प्रकाशित गरेको विवरण अनुसार २७ फण्डहरु मध्ये १७ वटा फण्डहरुको शेयर भ्यालु बढेको देखिन्छ भने १० वटा फण्डको शेयर भ्यालु घटेको देखिन्छ। कार्तिक महिनामा शेयर बजारबढेको मैका पारी केही फण्डले शेयर बिक्री गर्दा शेयर भ्यालु घटेको हुनसक्ने मर्चेन्ट बैंकहरुको बुझाई छ।

सञ्चालनमा आएका फण्डहरुमध्ये मेगा म्युचुअल फण्डको शेयर लगानीकाे भ्यालु सबैभन्दा धेरै ३९.७१ प्रतिशतले बढेको छ भने एनआईबिएल समृद्धि फण्डको सबैभन्दा धेरै शेयर लगानीकाे भ्यालु ६३.५३ प्रतिशतले घटेको छ। यद्यपि फण्डहरुको औषत भ्यालु ३.४९ प्रतिशतले बढेको देखिन्छ। 

मौज्दात तथा मुद्दति निक्षेप दुवै बढ्यो
कात्तिक महिनाको अन्तरालमा म्युचुअल फण्डहरुको बैंक मौज्दात औषतमा २.२६ प्रतिशतले बढेको छ भने मुद्दती निक्षेप ४.३३ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा २७ म्युचुअल फण्डमध्ये सानिमा इक्विटी फण्डको बैंक मौज्दात सबैभन्दा धेरै १७०.६८ प्रतिशतले बढेको छ। यस फण्डकाे यस महिनामा झण्डै ६१ प्रतिशत मुद्दति निक्षेप खुम्चिदा फण्डको बैंक मौज्दात बढेको हो।

असोज महिनामा ७ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ रहेकाे फण्डहरूको बैंक मौज्दात कार्तिक अन्तिमसम्ममा बढेर ७ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

यस्तै, कात्तिकमा म्युचुअल फण्डहरुको मुद्दति निक्षेप ४.३३ प्रतिशतले बढेको छ। असोजमा मसान्तसम्ममा तीन अर्ब ७० करोड ८६ लाख रुपैयाँ मुद्दति निक्षेप राखेको फण्डहरुको कात्तिक महिनामा बढेर तीन अर्ब ८६ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।