सनराइज बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो, बुक क्लोज कहिले?

Dec 05, 2021 05:08 PM Merolagani



सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न चौधौं वार्षिक साधारण सभा बोलाएको छ ।

बैंक सञ्चालक समितिको मंसिर १६ गते सम्पन्न बैठकले पुस १५ गते आम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले चुक्ता पूँजीको ६.६५ प्रतिशतको दरले हुन आउने ६३ करोड ९ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशतले हुन आउने ३ करोड ३२ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।

बैंकले हाल कायम अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट १५ रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारि गर्नेछ । बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ पुग्नेछ ।

यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुमा एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।