सनराइज बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो, बुक क्लोज कहिले?

Dec 05, 2021 05:08 PM Merolagani



सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न चौधौं वार्षिक साधारण सभा बोलाएको छ ।

बैंक सञ्चालक समितिको मंसिर १६ गते सम्पन्न बैठकले पुस १५ गते आम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले चुक्ता पूँजीको ६.६५ प्रतिशतको दरले हुन आउने ६३ करोड ९ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशतले हुन आउने ३ करोड ३२ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।

बैंकले हाल कायम अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट १५ रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारि गर्नेछ । बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ पुग्नेछ ।

यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुमा एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।