सान्जेन जलविद्युत कम्पनीले साधारण सभा बोलायो

Dec 05, 2021 05:21 PM Merolagani



सान्जेन जलविद्युत कम्पनी (SJCL) ले ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस १३ गते, स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्तावबीनै साधारण बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरी छलफल गर्ने, नाफा नोक्सान, नगद प्रवाह विवरण सम्बन्धी विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते देखि १३ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस ४ गतेसम्म कायम शेयरधनी साधारण सभामा सहभागी हुन सक्नेछन् ।

 




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।