सान्जेन जलविद्युत कम्पनीले साधारण सभा बोलायो

Dec 05, 2021 05:21 PM Merolagani



सान्जेन जलविद्युत कम्पनी (SJCL) ले ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस १३ गते, स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्तावबीनै साधारण बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरी छलफल गर्ने, नाफा नोक्सान, नगद प्रवाह विवरण सम्बन्धी विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते देखि १३ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस ४ गतेसम्म कायम शेयरधनी साधारण सभामा सहभागी हुन सक्नेछन् ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।