नियमित ४ घण्टा कारोबार हुन नपाएकाले कारोबार रकम भने १ अर्ब ८४ करोड रुपियाँमा सीमित हुन पुग्यो । १ सय भन्दा बढी अंकले नेप्से परिसूचक बढे पनि बजारमा रहेका ५० ब्रोकरमध्ये १५ ब्रोकरले भने मंगलबार खरिद भन्दा बिक्री बढी गरेको देखिएको छ ।
५८ नम्बरको नासा सेक्युरिटिजले ९.५५ करोड रुपियाँ शेयर खरिद गर्दा ११.८६ करोड रुपियाँको शेयर बिक्री गरेका छन् । नासाले खरिद भन्दा २.३२ करोड रुपियाँ बढीको शेयर बिक्री गरेका छन् । सबैभन्दा बढी फरकमा भने ४ नम्बर ब्रोकर स्टक ब्रोकर ओपल सेक्युरिटिज इन्भेष्मेन्ट प्रा.लिले कारोबार गरेका छन् । उक्त ब्रोकरले १.४७ करोड रुपियाँको शेयर खरिद गर्दा ७.४५ करोड रुपियाँको शेयर बिक्री गरेका छन् । ओपलले शेयर खरिद भन्दा ५.९८ करोड रुपियाँ बढीले शेयर बिक्री गरेका छन् । त्यसैगरी २० नम्बर ब्रोकरको सिप्ला सेक्युरिटिज प्रा.लि.ले पनि १.५६ करोडको शेयर खरिद गर्दा ६.७९ करोड रुपियाँको शेयर खरिद गरेका छन् ।
शेयर खरिद बिक्रीमा सबैको आ–आफ्नै रणनीति हुन्छ । घट्दो बजारमा बढेको मौका पारी ती ब्रोकरहरुले शेयर बिक्री गरेको हुन सक्ने एक लगानीकर्ताले बताए ।