हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने

Dec 22, 2021 09:05 AM Merolagani



हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते, बुधबार, आफ्नो रजिष्टर्ड कार्यालय, लिपनिविर्ता, पर्सामा २१ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

यसका साथै कम्पनीको नाममा दर्ता कायम रहेको ब्लु ओक नामक ट्रेडमार्क प्रयोग गरी अन्य उद्योगबाट समेत उत्पादन तथा बिक्री वितरण गर्ने सम्झौता स्वीकृत गर्ने, सञ्चालक समितिमा रहने ५ जना सञ्चालक सदस्यको निर्वाचनद्वारा चयन गर्ने, कम्पनीको चुक्ता पूँजी वृद्धि भएअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।