व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश

Jan 05, 2022 07:41 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। आज साेही पुस्तक सारंशकाे पन्ध्राैँ भाग यहाँ प्रस्तुत गरिएकाे छ।

 

कहिले बिक्री गर्ने?

स्टक मार्केट सुझावहरुबाट टाढा रहनुहोस्। बाहिरी आर्थिक अवस्थाहरुमा ध्यान नदिनुहोस्, ब्याजदर बढिरहेको छ कि घटिरहेको याद नगर्नुहोस्, अथवा अर्थतन्त्र मन्दीतर्फ गइरहेको छ कि भन्ने कुरा पनि नसोच्नुस्। तेल र ग्यासका उद्योगहरुमा तेलको मूल्यको ठूलो प्रभाव पर्दछ तर स्वास्थ्य क्षेत्रमा पर्दैन। यहाँ स्टकको वर्ग अनुसारका केही निर्देशनहरु दिइएका छन्ः

स्लो ग्रोअर्स कहिले बिक्री गर्ने?

  • कम्पनीले निरन्तर दुई वर्ष आफ्नो मार्केट शेयर गुमाइसकेको छ।
  • कुनै नयाँ प्रडक्टहरु विकास भएको छैन, अनुसन्धान र विकासमा खर्च कम गदै गइरहेको छ।
  • पछिल्ला दुई असम्बन्धित व्यवसायहरुको प्राप्ति र कम्पनीले सो प्राप्तिका लागि धेरै भुक्तानी गरेको छ जसले वित्तीय विवरणलाई बिगारेको छ लाखौँ रकम र कुनै ऋण नभएकोबाट रकम नभएको र ऋणमा दुबेको बनाएको छ।
  • कम स्टक मूल्यमा पनि लगानीकर्ताहरुलाई आकर्षित गर्न सक्ने गरी कम्पनीहरुको डेभिडेन्ड यिल्ड बढी भएन भने।

स्टलवार्ट कहिले बिक्री गर्ने?

  • पिई सामान्य सीमाभन्दा धेरै बढी भइसकेको छ भने तपाई त्यसलाई बिक्री गर्ने बारेमा सोच्न सक्नुहुन्छ र पछि यसलाई कम मूल्यमा फेरी खरिद गर्न प्रतिक्षा गर्न सक्नुहुन्छ अथवा केही अरु खरिद गर्न सक्नुहुन्छ।
  • पछिल्लो दुई वर्षमा प्रस्तुत गरिएको उत्पादनको मिश्रित परिणाम आएको छ, र अन्य परीक्षणमा रहेकाहरु बजारमा आउनुभन्दा अझ एक वर्ष पर छ।
  • स्टकको पिई १५ छ, जबकि सोही क्षेत्रका सोही स्तरका अन्य कम्पनीहरुको पिई ११–१२ छ।
    गत वर्ष कुनै पनि सञ्चालक वा कर्मचारीले कम्पनीको शेयर खरिद गरेका छैनन्।
  • आम्दानीको २५ प्रतिशत योगदान गर्ने एउटा प्रमुख विभाजन आर्थिक मन्दी हुने जोखिममा छ।
  • कम्पनीको वृद्धिदर सुस्त भएको छ, र यद्यपि यसले लागत कटौती गरेर नाफा कायम गरिरहेको छ, भविष्यमा लागत कटौती गर्ने अवसरहरु सीमित छन्।

साइक्लिकल कहिले बिक्री गर्ने?

  • बच्नको लागि उत्तम समय चक्रको अन्त्यतिर हो जबसम्म तपाई जान्न सक्षम हुनुहुन्छ त्यो कहिले हो।
    लागतहरु बढ्न थालिसकेका छन्। भएका मेशिनहरु पूर्ण रुपमा सञ्चालनमा छन् र कम्पनीले क्षमता थप गर्न खर्च गर्न थालिसकेको छ।
  • बढ्दो इन्भेण्टरीहरुमा ध्यान दिनुहोस्। जब कम्पनी नचाहिने कुराहरुले भर्न थाल्छन्, तब साइक्लिकल्स बिक्री गर्ने समय हो।
  • अर्को महत्वपूर्ण संकेत भनेको जब कुनै वस्तुको भविष्यको मूल्य हालको मूल्यभन्दा कम हुन्छ।
  • साइक्लिकल्सका लागि प्रतिस्पर्धी व्यवसाय नराम्रो संकेत हो। बाहिरी पक्षले मूल्य कटौती गरेर ग्राहक जित्नु पर्ने हुन्छ जसले सबैलाई मूलय कटौती गर्न बाध्य पार्छ र त्यसले उत्पादकहरुको आम्दानी घट्न दबाब पुग्छ।
  • आगामी १२ महिनामा दुई प्रमुख युनियनहरुको सम्झौता अन्त्य हुँदैछ र प्रमुख श्रम नेताहरु पछिल्लो सम्झौतामा भएको जस्तो ज्याला र सुविधाहरु पूर्ण पाउनु पर्ने माग गरिरहेका छन्।
  • उत्पादनको अन्तिम माग घटिरहेको छ।
  • कम्पनीले पुराना मेसिनहरुलाई कम खर्चमा आधुनिकीकरण गर्नुको सट्टा नयाँ फेन्सी मेशिन निमार्णका लागि पूँजीगत खर्च बजेट दोब्बर गरेको छ।
  • कम्पनीले आफ्नो खर्च कटौती गर्न कोशिस गरिरहेको छ तरपनि विदेशी उत्पादकहरुसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन।

फास्ट ग्रोअर्स कहिले बिक्री गर्ने?

  • तिव्र वृद्धिको दोस्रो चरणको अन्त्यलाई हेर्नुहोस् र/अथवा कम्पनी कहिले परिपक्व चरणमा प्रवेश गर्दैछ त्यो हेर्नुहोस्।
  • जब विश्लेषकहरु सो स्टकलाई धेरै महत्व दिइरहेका छन्, ६० प्रतिशत शेयर संस्थागत लगानीकर्ताहरुसँग छ, र तीन राष्ट्रिय पत्रिकाहरुले सीईओको प्रशंसा गरिसकेका छन्, भने सो स्टक बिक्री गर्ने बारे सोच्ने अवश्य पनि आइसकेको छ।
  • तपाई कस्तो स्टकबाट बच्न चाहनुहुन्छ, त्यसको गुणहरु सो स्टकसँग मेल खाएमा
  • पछिल्लो त्रैमासमा समान स्टोरको बिक्री ३ प्रतिशत घटेको छ भने
  • नयाँ स्टोरको नतिजा निराशाजनक छ
  • कम्पनीका दुई शीर्ष व्यक्ति र केही प्रमुख कर्मचारीहरुले अर्को प्रतिस्पर्धी कम्पनीमा जान सो कम्पनी छोडे
  • कम्पनीले आफ्नो उत्पादन राम्रो छ भन्ने बताउन पछिल्लो दुई हप्तामा १२ शहरहरुमा विभिन्न कार्यक्रम गरेर फर्केको छ
  • स्टकको पीई रेशियो ३० छ जबकि कम्पनीको आगामी दुई वर्षको आम्दानी १५–२० प्रतिशत वृद्धि प्रक्षेपण गरिएको छ।

टर्नअराउण्ड कहिले बिक्री गर्ने?

  • टर्नअराउण्ड बिक्री गर्ने सहि समय भनेको जब कम्पनी पल्टिन्छ। सबै समस्याहरु समाधान भइसकेका छन् र सबैलाई त्यसको बारेमा थाहा भइसकेको हुन्छ।
  • विगतका ५ त्रैमासहरुमा निरन्तर घटिरहेको ऋण पछिल्लो त्रैमासमा एक्कासी २५ मिलियन डलरले बढ्यो।
  • बिक्री वृद्धिको दरभन्दा दुई गुणा बढी इन्भेण्टरी बढेको छ।
  • आम्दानीको तुलनामा कम्पनीको पीई अनुपात धेरै बढेको छ।
  • कम्पनीको सबैभन्दा बलियो डिभिजनले आफ्नो उत्पादनको ५० प्रतिशत एक शीर्ष ग्राहकलाई बिक्री गर्छ र सो शीर्ष ग्राहकको आफ्नो बिक्री घटेको छ।

एसेट प्ले कहिले बिक्री गर्ने?

  • जबसम्म कम्पनी एक ऋण बढ्दो क्रममा रहँदैन जसका कारण सम्पत्तीको भ्यालु घट्छ, तबसम्म तपाई यसलाई होल्ड गर्न सक्नुहुन्छ।
  • यद्यपि, बजारमा शेयरहरु वास्तविक मार्केट भ्यालुभन्दा डिस्काउण्टमा पाइरहेका छन्, कम्पनीको व्यवस्थापनले एक डाइभर्सीफिकेसन कार्यक्रमका लागि थप १० प्रतिशत शेयर जारी गर्ने घोषणा गरेको छ।
  • जुन डिभिजनले २० मिलियन डलर बिक्री गर्ने अपेक्षा गरिएको थियो, त्यसले केबल १२ मिलियन डलर मात्र भित्र्याएको छ।
  • कर्पोरेट ट्याक्स घटेका कारण कम्पनीको ट्याक्स लस क्यारीफरवार्डको भ्यालु घट्दछ।
  • ५ वर्ष अघि २५ प्रतिशत रहेको संस्थागत स्वामित्व अहिले बढेर ६० प्रतिशत पुगेको छ।
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।