एक टीबीपीएससम्म नेपाल भित्रिन थाल्यो इन्टरनेट ब्याण्डविथ, कुन सेवाप्रदायकले कति ल्याउँछन् ?

Jan 11, 2022 02:21 PM Merolagani



अनलाइन तथा इन्टरनेट कन्टेन्ट मार्फत नै अधिकांश काम हुन थालेपछि नेपालमा एक टेराबिट्स पर सेकेन्ड (टीबीपीएस)सम्म इन्टरनेट ब्याण्डविथ भित्रिन थालेको छ ।

नेपालका ठूला इनटरनेट सेवाप्रदायकदेखि टेलिकम कम्पनीसम्मले मासिक एक टीबीपीएससम्म ब्याण्डविथ आयात गर्नुपर्ने अवस्थामा पुगेका हुन् ।

अहिले ९ वटा ठूला इनटरनेट सेवाप्रदायक र टेलिकम कम्पनीले नेपालमा भारतबाट इन्टरनेट ब्याण्डविथ ल्याएर नेपाली बजारमा इन्टरनेट सेवा दिइरहेका छन । अझ कोभिडपछि इन्टरनेट ब्याण्डविथ आयात दोब्बरले बढेको मेरो लगानीलाई प्राप्त तथ्याङक मै उल्लेख छ ।

नेपालमा कोरोना भाइरस फैलिएपछि ४ सय गिगाबिट्स पर सेकन्ड (जिबिपिएस)सम्म इन्टरनेट ब्याण्डविथ आयात हुने गरेकोमा पछिल्लो समय एक टेराबिट्स प्रति सेकेन्डका दरले इन्टरनेट ल्याइरहेका छन् ।

नेपालमा सबैभन्दा बढी नेपालकै तेस्रो ठूलो दूरसञ्चार कम्पनी वर्ल्डलिङ्कले ल्याइरहेको तथ्याङ्कले देखाएको छ । जसमा वर्ल्डलिङ्कले तीन सय जीबीपीएस इन्टरनेट नेपाल भित्र्याइरहेको छ । हाल वर्ल्डलिङ्ककाे ५ लाख ५० हजार ग्राहक रहेका छन् ।

त्यसैगरी सुविसुले सय जीबीपीएस इन्टरनेट ल्याइरहेको पाइएको छ । तीन इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले नेपाल ल्याउने ब्याण्डविथ भने उस्तै उस्तै देखिएको छ । जसमा भायानेटले सय जीबीपीएस,टेक माइन्डस नेटवर्कले सय जीबीपीएस ब्याण्डविथ नेपाल आयात गरिरहेको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय इन्टरनेट विस्तारमा आक्रामक रुपमा लागिपरेको क्लिासिक टेकले  सवैभन्दा कम ब्याण्डविथ ल्याइरहेको पाइएको छ । हाल क्लासिकटेकले ५५ जीबीपिएस मात्रै इन्टरनेट ब्याण्डविथ ल्याइरहेको छ भने नेपाल डिजिटल सर्भिसले ८० जीबिपीएस ब्याण्डविथ भित्र्याइरहेको छ ।

नेपालमा करोडौंको संख्यामा प्रयोगकर्ता रहेका मोबाइल सेवाप्रदायकले भने निकै कम ब्याण्डविथ आयात गरिरहेको देखिन्छ।अहिले एनसेलले एक सय २० र नेपाल टेलिकमले दुई सय जीबीपीएसको हाराहारीमा ब्याण्डविथ ल्याइरहेका छन् ।

नेपाल टेलिकमले भारतको ब्याण्डविथ एकाधिकार तोड्न चीनबाट २०७४ सालमा ब्याण्डविथ ल्याउन थालेको थियो । तर, सुरुमा ल्याउन थालेको ब्याण्डविथलाई अहिलेसम्म बढाउन सकेको छैन ।अहिले एयरटेल,रिलायन्स,टाटा लागाएतका कम्पनीहरुले नेपालका इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई इन्टरनेटका लागि ब्याण्डविथ उपलब्ध गराउदै आएको छ ।

त्यस्तै पछिल्लो समय इन्टरनेट आधारित ओभर दी टप कन्टेन्ट (टिकटक, गुगल, फेसबुक)का कारण इन्टरनेट सेवा प्रभावित समेत हुने गरेको छ ।

अहिले नेपालका ५१ ओटा इन्टरनेट सेवाप्रदायकका ८० लाख ७८ हजार ग्राहक रहेको नेपाल दूरसञ्चार प्राधिरकणले जनाएको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।