करेक्सन भएको बजारमा ४ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jan 12, 2022 03:29 PM Merolagani



बुधबार नेप्सेमा करेक्सन भएको छ। पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्सेमा यस दिन साढे ३० अंकको करेक्सन भएको हो।

यस दिन नेप्से परिसूचक ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा बन्द झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंक घटेको छ।

पछिल्लो ४ कारोबार दिनमा बजार बढेसँगै अधिकांश कम्पनीहरुको शेयरमूलय बढेको छ। शेयरमूल्य बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा बुक गरेका कारण यस दिन करेक्सन भएको हो।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने ८ अर्ब नाघेको छ। यस दिन २२९ कम्पनीको ९० हजार ५९० पटकको कारोबारमा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ६१ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

घटेको बजारमा यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन मञ्चकन्या माइ हाइड्रोपावर र सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन एचआईडिसीएलको २७ करोड, अपि पावरको २४ करोड र अपर तामाकोशीको २२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको ०.६५ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.०९ प्रतिशत बढेको छ।

यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन निर्जीवन बीमा, होटल तथा पर्यटन, वित्त र विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।