बैंकरको क्षतिपूर्ति बीमालेख सहकारी तथा अन्य संस्थालाई बिक्री गर्न नपाउने

Jan 12, 2022 04:16 PM Merolagani

बीमा समितिले बैंकरको क्षतिपूर्ति बीमालेख नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै बिक्री गर्न सकिने जनाएको छ ।

समितिले निर्जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै बैंकरको क्षतिपूर्ति बीमालेख सम्बन्धी थप स्पष्ट पारेको हो ।

समितिको निर्देशिन अनुसार राष्ट्र बैंकबाट इजाजत प्राप्त बाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्थाहरुलाई मात्रै बैंकरको क्षतिपूर्ति बीमालेख बिक्री गर्न पाउनेछन् ।

सहकारी तथा अन्य संस्थालाई भने बीमालेख बिक्री गर्न नसकिने समितिले जनाएको छ ।

comments powered by Disqus

एक अर्ब भन्दा बढी शेयर ऋण चलाएका दीक्षान्त बजारबाट निस्कँदै, २१ वर्षीय बानियाँले शेयर बजार छोड्न सक्लान् ?

Jan 05, 2022 05:49 PM

सुवास निरौला

नेपालमा सबैभन्दा बढी शेयर ऋण चलाउनेहरूका सूचिमा रहेकाहरू मध्येका एक ठूला लगानीकर्ता दीक्षान्त बानियाँ शेयर बजारबाट निस्कने तयारीमा छन्।