धितोपत्र बोर्ड अध्यक्ष छनौट कार्यविधि राता रात परिवर्तन,निवेदनकर्ता रुष्ट,आफ्नो मान्छे पार्न खोजिएको आरोप

Jan 14, 2022 05:21 PM merolagani



नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनौट समितिले पटक पटक कार्यविधि परिवर्तन गरिएको भन्दै निवेदनकर्ताहरुले रोष प्रकट गरेका छन्। समितिले अन्तिम समयमा आएर कार्यविधि नै परिवर्तन गरि दिएर निवेदनकर्ताहरुलाई नै रनभुल्लमा पारिएको भन्दै उनीहरूले रोष प्रकट गरेका हुन्।  

बोर्डको अध्यक्ष छनौट गर्न गठित छनौट समितिले आवेदनको सूचना र कार्यविधि फरक फरक दिनमा प्रकाशित गरेको थियो। जुन एकै दिनसँगै प्रकाशित हुने पर्ने आवेदकहरूको भनाइ छ। निवेदन दिने म्याद सकिनु तीन दिन अघि कार्यविधि प्रकाशित गरेको समितिले त्यसलाई पनि अघिल्लो दिन परिवर्तन गरिदिएपछि आवेदनकर्ता थप रुष्ट भएका हुन्।  

“पहिलो कुरा त सूचना र कार्यविधिसँगै आउनु पर्ने हो। सूचना मात्रै आयो तर कार्यविधि आएन। अर्थ मन्त्रालयले आफ्नो वेभ साइटमा सूचना मात्रै राख्यो तर कार्यविधि राखेन। २६ गते मात्रै मन्त्रालयको वेभ साइटमा कार्यविधि प्रकाशित भयो। जबकि २९ गते निवेदन दिने अन्तिम म्याद थियो।

तर २८ गते दिउसो फेरि साढे दुई बजे अर्को कार्यविधि प्रकाशित गरियो। जुन पहिलेको कार्यविधि भन्दा फरक थियो। अगाडिको कार्यविधिमा भएका केही बुँदा पछिल्लो समय प्रकाशित कार्यविधिमा थप/घट गरिएको थियो। धितोपत्र जस्तो नियामक निकायको अध्यक्ष छनौट जस्तो प्रक्रियामा छनौट समिति जस्तो जिम्मेवार समितिले यस्तो मजाक गर्न मिल्छ ? “ अध्यक्ष पदकालागि निवेदन दिएका एक आवेदकले मेरो लगानीसँग भने।

जुन हिसावले म्याद सकिनु अघिल्लो दिन कार्यविधि परिवर्तन गर्न खोजिएको थियाे त्यसले कसैलाई काखा र कसैलाई पाखा लगाउन खोजेको ती आवेदनकर्ताको आरोप छ। “पहिलेको  कार्यविधिमा सम्वन्धित क्षेत्रको कार्य अनुभवको २५ अंक भनिएको थियो। जसमा व्यवस्थापकीय तहमा काम गरेकोले २५ अंक पाउने उल्लेख थियो। तर त्यो व्यवस्थापकीय तह भनेको के हो भनी खुलाइएको थिएन। जसले गर्दा व्यवस्थापकीय तहमा बसेर काम गरेको व्यक्ति उक्त अंकको लागि योग्य ठहरिन्थ्यो। त्यसमा पनि पाँच देखि १० वर्षलाई २० अंक, १० देखि १५ वर्षको अनुभवलाई २३ अंक र १५ वर्ष भन्दा माथिको अनुभवलाई २३ अंक राखिएको थियो।  

अहिलेको कार्यविधिमा व्यवस्थापकीय तह भनेको के हो भनेर स्पष्ट पारिएको छ। जसमा व्यवस्थापक तहको अनुभव भन्नाले नेपाल सरकार एवम् अन्य सङ्गठित संस्थाको प्रथम श्रेणी वा सो भन्दा माथिको तहको कार्य अनुभवलाई लिइने छ भनेर खुलाइएको छ। त्यो भन्नुको अर्थ फस्ट क्लास अफिसरलाई मात्रै लिइने छ भन्ने स्पष्ट पारिया। जबकि पहिलेको कार्यविधिमा फस्ट क्लास अफिसर मात्रै भन्ने तोकिएको थिएन।

फेरि त्यसको अंक तालिकामा समेत परिवर्तन गरियो। सातदेखि १० वर्षलाई २३ अंक, १० वर्ष भन्दा माथिको अनुभवलाई २५ अंक भन्यो। जबकि पहिलेकोमा पाँचदेखि १० वर्षको अनुभवलाई २० अंक, १० देखि १५ वर्षको अनुभवलाई २३ अंक र १५ वर्ष भन्दा माथिको अनुभवलाई २५ अंक थियो।

'यसबाट धेरै आवेदनकर्ताले एक नम्बर पनि नपाउने स्थिति बन्यो। यसमा निरज गिरि र गोपाल भट्टको मात्रै पुग्ने देखिएको छ। जानी जानी अरूलाई पाखा लगाउन राता रात कार्यविधि परिवर्तन गरेर आफ्नो मान्छे च्याप्न खोज्नु न्यायिक कदाचित हुँदैन। कित पहिले नै त्यो विषय खुलाउनु पर्ने थियो। अन्तिम समयमा आएर त्यसरी परिवर्तन गर्नु कतैबाट मुनासिव ठहरिँदैन’ ती निवेदनकर्ताले भने।  




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।