सेञ्चुरी कमर्सियल बैंकको ६ प्रतिशत लाभांश पारित

Jan 14, 2022 05:02 PM Merolagani



सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) को एघारौं वार्षिक साधारण सभाले शेयरधनीलाई वितरण गर्ने ६ प्रतिशत लाभांश पारित गरेको छ। शुक्रबार सम्पन्न सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको हो।

बैंकले २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ९ अर्व ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ को ५.७५ प्रतिशतले हुन आउने रकम एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने दुई करोड त्रियहत्तर लाख एकचालिस हजार छत्तिस रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७÷७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५ शेयर संरचनालाई ५१५ हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

बैंकले हाल १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।