नबिल बैंकको ३८% लाभांश पारित, संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल चयन

Jan 16, 2022 03:06 PM Merolagani

नबिल बैंकको (NABIL) ३८% लाभांश पारित भएकाे छ । बैंकको पौष ३० गते नबिल बैंककाे केन्द्रिय कार्यालय, तिनधारा, दरवारमार्गमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा बैंकको ३७ औं वार्षिक साधारण सभामा साे निर्णय भएकाे हाे । 

सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८% लाभांश (३३.६०%वोनस शेयर र ४.४०% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।

आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड रूपैयाँ हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी ३३.५७ प्रतिशत हासिल गरी आफ्नाे वासलात विस्तार गर्दै २ खर्ब ९१ अर्ब रूपैयाँ पुर्याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ रूपैयाँ पुगेको छ ।

साधारण सभामा आफ्नाे मन्तव्य राख्दै अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा समस्त नबिल परिवार गौरवान्वित रहेको र देशको ठुलोसंगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा बैंक केन्द्रित रहेको एंव संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई बैंकले उच्च प्राथमिकतामा राखेको सभाध्यक्ष पौडेलले जनकारी गराए । बैंकले न्यून कार्वन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्य को लागि रणनीतिक रुपमा ग्रीन फाइनान्सिंग, क्लाइमेट चेन्ज फाइनान्सिंगमा थप लगानी गर्न प्रतिवद्ध रहेको समेत सभाध्यक्षले सभामा जानकारी गराए ।

यसै गरी सभाले आ.व. २०७८/७९ (२०२१/२२) को लागि वाह्य लेखापरीक्षकहरु एसएआर एसोसिएट्स, चार्टर्ड अकाउण्टेण्ट्स तथा श्री पीएजपीएन एण्ड काे चार्टर्ड अकाउण्टेण्ट्सलाई संयुक्त रुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ । उक्त सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई) कालागि  उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि. लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेल लाई निर्बिरोध निर्वाचित गरेको थियो ।

यसकासाथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुन श्री उपेन्द्र प्रसाद पौडेलज्यूलाई चयन गरेको छ । पौडेल २०७४ मंसिर १५ देखि बैंक संचालक समिति एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आएकोमा आजै सम्पन्न साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन् ।

नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।