बजाजको नयाँ सर्भिस सेन्टर अब गुसिङगाल, कुपण्डोलमा

Jan 26, 2022 11:10 AM Merolagani

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि.ले कुपण्डोलको गुसिङगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिसिङ सेन्टर “गुसिङगाल मोटर साइकल सर्भिस सेन्टर” खोलेको छ ।

नेपालमा सबभैन्दा अधिक ब्रिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस् देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगाल, कुपण्डोलमा पनि सर्भिसिङ सेन्टर संचालनमा ल्याएको छ ।

मोटर साइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सर्भिसिङ गराइने यस सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने दावी गरिएको छ। एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरुको सुविधाको लागि प्रतिक्षालय र क्याफेको सुविधा पनि छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधैंँ प्रतिबद्ध रहेको बताइएकाे छ । सर्भिसिङ सेन्टरले ग्राहकहरुलाई बाइकको स्पेयर्स् तथा पार्टस एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीकाे विश्वास रहेकाे छ ।

यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन पुग्न सहयोग छ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटाे सुविधा पुर्याउने प्रयास गरिरहकाे छ।

नयाँ सर्भिस सेन्टर शुभारम्भ गर्दै हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि का जनरल म्यानेजर योगेन गुरुङले भने, “हामी कुपण्डोलमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मा हो। हामीले आशा गरेका छौँ , यो कि नयाँ सर्भिसिङ सेन्टरसँगै यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन्।”

comments powered by Disqus