अनुभव नपुगेका अमित कुमारलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेपछि नेपाल लाइफ बीमा समितिकाे कारवाहीमा,२० हजार जरिवाना

Jan 28, 2022 03:31 PM Merolagani

बीमा समितिले समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई कारवाही गरेको छ । समितिले कम्पनीलाई संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ उल्लघंन गरेको भन्दै कारवाही गरेको हो ।

समितिले निर्देशिका अनुसार तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गरेकाे कम्पनीलाई १० हजार रुपैयाँ जरीवाना तिर्न लगाउने निर्णय गरेको छ ।

कम्पनीले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका,२०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्दै समितिमा उजुरी परको थियो ।

त्यसपश्चात समितिले कम्पनीबाट आवश्यक प्रतिवेदन र विवरणहरु झिकाएर अध्ययन गरेको थियो । अध्ययन गर्दा सुशासन सम्बन्धी निर्देशिका जानजान उल्लंघन गरेको पाइएपछि समितिले कम्पनीलाई कारवाही गरेको हो ।

यसैगरी, बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको “एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन नपाउने व्यवस्था छ ।

तर कम्पनीले विभिन्न १४ वटा समिति/उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति/उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेका छन् ।

समितिले निर्देशिका उल्लङ्घन गरेको भन्दै बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम कम्पनीलाई १० हजार रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।