प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीको लागि भर्ना खुलायाे

Mar 15, 2022 08:55 PM Merolagani



प्रहरी प्रधान कार्यालयले, नक्सालले स्थानीय निर्वाचनको लागि म्यादी प्रहरी भर्ना खुलाएको छ । मंगलबार एक सूचना जारी गर्दै एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो ।

प्रहरी प्रधान कार्यालयलले जारी गरेको सूचना अनुसार १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेका इच्छुक तथा योग्य व्यक्तिले चैत ६ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछन् ।

म्यादी प्रहरीमा भर्ना हुन नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्नेछ ।

सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) का पूर्व सुरक्षाकर्मीहरुलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

म्यादी प्रहरी छनौटको अन्तिम नतिजा चैत २२ गते प्रकाशित हुनेछ ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।