बुद्धनगर एग्रो फार्म र एनआईसी एशिया क्यापिटलबीच सर्वसाधारणहरुमा(सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित)आईपीओ निष्कासन गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएकाे हाे ।
सोही सेवा अन्तर्गत बुटवल ११, मिलनचोक, रुपन्देही, नेपालमा कार्यालय रहेको बुद्धनगर एग्रो फार्मको १०० रूपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल र बुद्धनगर एग्रो फार्मबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । आईपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो ।
साेही अनुरूप एनआईसी एशिया क्यापिटलकाे आईडिया टु आईपीओ सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आईपीओ जारी गर्ने व्यवस्था मिलाइने जनाइएकाे छ । क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षेमा परामर्श सेवा समेत उपलब्ध गराउने छ।