नयाँ सारथी लघुवित्तको शेयरमूल्य समायोजन

Apr 06, 2022 07:17 AM Merolagani

चैत २३ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड (NSLB) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै, नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन लघुवित्तको १९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ७४ रुपैयाँ १२ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, लघुवित्तको शेयर प्रतिकित्ता १ हजार २७८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर बुधबार लघुवित्तको शेयर कारोबार खुल्नेछ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपश्चात शेयर खरिद गरेका शेयरधनीहरुका लागि बोनसको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न लघुवित्तले वैशाख १० गते तेह्रौँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तको सो सभा केन्द्रिय कार्यालय, धुलिखेलमा दिउसो ३ बजे सभा शुरु हुनेछ।

सभाले लाभांश प्रस्तावका साथै एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त वित्तीय संस्थालाई मर्ज अथवा एक्वायर गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।