सगरमाथा इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृत

Apr 19, 2022 10:32 AM Merolagani



सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड (SIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ।

इन्स्योरेन्सको सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी बीमा समितिमा पठाएको थियो। सोही निर्णय बीमा समितिले स्वीकृत गरेको हो।

सो लाभांश अब इन्स्योरेन्सको वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।