बिवाईडी एसयूभी एटो ३ नेपाली बजारमा आउदैै, बुकिङ खुल्ला गर्ने तयारी

May 07, 2022 10:59 AM Merolagani

सरकारले विद्युतीय गाडी आयातमा प्रतिबन्ध खुल्ला गरेपछि बिवाईडी नेपालले बिवाईडी एसयुभी एटो ३ नेपाली बजारमा भित्र्याउने भएको छ ।

नेपालका लागि बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इङ्क प्रालिले एक हप्ताभित्र बुकिङ खुलाउदै जेठ भित्र नेपालमा नयाँ विद्युतीय एसयुभि ल्याउने तयारी गरेको हो ।

 

केहि हप्ता अघि सरकारले विभिन्न विलासी वस्तु आयात गर्न  पूर्णरुपमा प्रतिबन्ध लगाएको थियो । तर,चौतर्फी दबावपछि सरकारले विद्युतीय सवारी आयात भने खुल्ला गरेसँगै विद्युतीय गाडी बिक्रेता कम्पनीहरु धमाधम नयाँ गाडी ल्याउने तयारी गरिरहेका छन ।

बिवाईडी एटो ३ लङ रेन्ज एसयुभि मात्रै नेपाल आउने र अन्य मोडल केही महिनापछि मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कस्तो छ बिवाईडी एसयुभी ?

ब्याट्री र पर्फमेन्स

विद्युतीय एसयुभि भएको कारण यो गाडीको बाहिरी र भित्री डिजाइनलाई नै आकर्षक बनाइएको छ । बिवाईडी एटो ३ मा ६०.४ किलोवाट आवर ब्याट्री उपलब्ध गराइएको छ जसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ ।

बीवाईडीले पछिल्लो समयमा प्रयोग गर्दै आएको ब्लेड ब्याट्रीको लोकप्रियता अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको पाइन्छ । अन्तराष्ट्रिय बजारमा ५० र ६० किलोवाट आवर ब्याट्री अप्सनमा गाडी उपलब्ध हुने भए पनि नेपाली बजारमा भने ६०.४ किलोवाट आवर लिथियम आयोन ब्याट्री भेरियन्ट मात्रै कार मात्रै आउने छ ।

त्यसैगरी ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने छ । एक पटकको चार्जमा नेपाल आउने बिवाईडी एसयुभि गाडीले ४२० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दावी छ । ५ सिटरको रुपमा रहेको यो गाडीको १७५ ग्राउन्ड क्लियरेन्स रहेको छ ।

 

इन्टेरियर र डिजाइन

बीवाइडीको डेडिकेटेट इभी प्लेटफर्ममा तयार भएको एटो ३ कम्पनीको ३.० ड्रागनफेस प्लेटफर्ममा तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याविन यसको सबैभन्दा सबल पक्ष हो ।

त्यसैगरी १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम,५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले,७ वटा एयरव्याग,अष्ट्रेलियन एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ यो कार अब्बल बिशेषताको रुपमा उपलब्ध छ ।
इलेक्ट्रिक साइड सहितको प्यानोरामिक सनरुफ,रुफरेल, इलेक्ट्रिकल्ली हिटेड र एड्जस्टेबल साइड मिरर र १८ इन्चको अलोय ह्विललगायतका विशेषता छन् ।

सुरक्षा र कम्फर्ट

सुरक्षा र सहजताका लागि यसमा अटोमेटिक सिंगल जोन एयर कन्डिसनर, सिक्स–वे एडजस्टेबल ड्राइभर सिट,फोर–वे एड्जस्टेबल को–ड्राइभर सिट, वायरलेस फोन चार्जर, १२ भोल्ट सकेट, किलेस इन्ट्री र किलेस स्टार्ट, ३६० भ्यु क्यामेरा तथा वान टन ओपन र क्लोज टेलगेट जस्ता सुविधा उपलब्ध छन् ।

मूल्य
कम्पनीले बिवाईडी एटो ३ एक हप्ता भित्र बुकिङ खुल्ला गर्दै छ । एउटा मात्रै भेरियन्टमा उपलब्ध हुने भएको कारण पनि यो एसयुभि प्रतिक्षारत रहेको छ ।

नेपाली बजारमा आउँदा यो गाडीको मूल्य ६० लाख देखि ६५ लाखसम्म हुने अनुमान गरिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।