सामुदायिक लघुवित्तको सञ्चालन मुनाफा उल्लेख्य बढ्यो, नाफा कति?

May 10, 2022 04:32 AM Merolagani



सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको सञ्चालन मुनाफासँगै खुद नाफा पनि बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.६८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

निष्क्रिय कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको सञ्चालन मुनाफा उल्लेख्य बढी खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.२९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १२.१७ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १२९.०७ प्रतिशत बढेको छ। लघुवित्तले चैत मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा ६५ लाख ७६ हजार रुपैयाँ मात्र छुट्याएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ११ रुपैयाँ १८ पैसा बढेर ११ रुपैयाँ १८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ४२.५२ प्रतिशत बढेको छ। लघुवित्तको सापटी ४.६७ प्रतिशत, निक्षेप १३.५७ प्रतिशत र कर्जा २०.८२ प्रतिशत बढेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।