एचआईडिसीएलको नाफा सामान्य बढ्यो

May 10, 2022 06:02 AM Merolagani



हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड अर्थात एचआईडिसीएल (HIDCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६३ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौताबाट भएको आम्दानी ६६३.३८ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको वित्तीय आम्दानी ९.६० प्रतिशत बढेको छ भने लाभांश आम्दानी ३१.३३ प्रतिशत र अन्य आम्दानी ११४.३८ प्रतिशत बढेको छ।

कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा १३.३३ प्रतिशत बढेको छ भने रिजर्भ ८७.७० प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। कम्पनीको यस्तो आम्दानी २० पैसा घटेर ४ रुपैयाँ ९६ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५२.४१ गुणा रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।